श्रीलंकामा आइतबार रेसिङ प्रतियोगितामा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो।
मृत्यु हुनेमा कार कुदाउने प्रतियोगिता आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ।
कार रेस श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलंकाली सेनाको २८औं कार्यक्रम थियो।
कार रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए। तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द गरिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।
39
Shares
प्रतिक्रिया