ad ad

ग्लोबल


चिनियाँ विदेश मन्त्रालयकी मुखर प्रवक्ता हुवा उपमन्त्रीमा बढुवा

चिनियाँ विदेश मन्त्रालयकी मुखर प्रवक्ता हुवा उपमन्त्रीमा बढुवा

नेपालखबर
जेठ १४, २०८१ सोमबार १३:१७,

चिनियाँ विदेश मन्त्रालयकी मुखर प्रवक्ता हुवा छनयिङ उपमन्त्रीमा बढुवा भएकी छिन्। मन्त्रालयको प्रेस विभागको नेतृत्व गर्दै आएकी उनको बढुवा भएको सोमबार मन्त्रालयले जनाएको हो।

५४ वर्षीया हुवा २०१२ देखि प्रवक्ता थिइन्। विदेश मन्त्रालयका पाँच उपमन्त्रीमध्ये उनी सबैभन्दा कान्छी र एक मात्र महिला हुन्। 

उनलाई २०२१ मा सहायक विदेशमन्त्री र प्रेस विभाग प्रमुख बनाइएको थियो।

चीनको ‘वुल्फ वारियर’ कूटनीतिज्ञका रूपमा उनलाई हेरिन्थ्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ महामारी वुहानको प्रयोगशालाबाट फैलिएको आरोप लगाएपछि हुवाले अमेरिकी प्रयोगशालाको अनुसन्धान गर्नुपर्ने जवाफ दिएकी थिइन्।

एक्समा पनि उनी पश्चिमा अधिकारीहरुको चर्को आलोचना गर्छिन्। २०२० मा उनी उक्त सामाजिक सञ्जालमा जोडिएकी उनका २५ लाख फलोअर्स छन्।

एक्समा पनि उनको निसानामा अमेरिकी अधिकारीहरू पर्ने गरेका छन्।

हुवा १९९२ मा विदेश मन्त्रालयमा नियुक्त भएकी थिइन्। विवाहित हुवाकी एक छोरी छन्। एससीएमपी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .