गाजामा नवजात जुम्ल्याहा शिशु इजरायली आक्रमणमा मारिएका छन्। त्यतिबेला उनीहरुका बुवा भने जन्मदर्ताका लागि स्थानीय सरकारको कार्यालय गएको बताइएको छ।
चार दिनका यी शिशुमा छोराको नाम असेर र छोरीको असेल थियो।
उनीहरु मारिएका बेला बुवा मोहम्मद अबु अल कुमसान भने जन्मदर्ता लिन गएका थिए।
उनलाई बाटैमा छिमेकीको फोन आयो– देइर अल बलास्थित उनीहरुको घरमा बम प्रहार भयो।
इजरायलको सो आक्रमणमा जुम्ल्याका आमा र हजुरआमा पनि मारिएको बताइएको छ।
‘के भयो मलाई थाहा छैन, गोला हानेको मात्रै भनियो,’ उनले भनेका छन्, ‘मैले बच्चा जन्मेको खुसी पनि उनीहरूसँग मनाउन पाएको थिइनँ।’
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धका क्रममा हालसम्म ११५ नवजात शिशु मारिइसकेका छन्।
इजरायलले ४० हजार हाराहारी गाजाबासीको हत्या गरिसकेको छ, जसमा ठूलो हिस्सा महिला तथा बालबालिकाको छ। हमासका लडाकु लुकेको आरोप लगाउँदै इजरायली सेनाले अस्पताल, स्कुलजस्ता स्थानमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ। एजेन्सी
Shares
प्रतिक्रिया