ग्लोबल


रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

नेपालखबर
भदौ ४, २०८१ मंगलबार ६:१८, वासिङ्टन

अमेरिकी कंग्रेसका रिपब्लिकनहरूले सोमबार राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन्। रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन्।

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनविरुद्ध उनका  छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ।

न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताए। 

यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्‍याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन्। 

बाबु र छोराबीचको सम्बन्धबारे अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन। प्रतिवेदनमा लगाइएका आरोप बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछको अवधिसँग सम्बन्धित थिए।

सेवानिवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मसाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गरेका छन्। 

रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन्।  रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad