ग्लोबल


दिल्लीका विभिन्न सपिङ मलमा बम हान्ने धम्की, अनुसन्धान जारी

दिल्लीका विभिन्न सपिङ मलमा बम हान्ने धम्की, अनुसन्धान जारी

फाइल फाेटाे


नेपालखबर
भदौ ५, २०८१ बुधबार ६:४२, नयाँ दिल्ली

भारतको राजधानी दिल्लीका विभिन्न सपिङ मलहरूमा मङ्गलबार बम आक्रमणको धम्की आएको दिल्ली प्रहरीले जनाएको छ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको हो। 

सूचना प्राप्त हुनेबित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको  दिल्ली प्रहरीले बताएको छ।

दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो। घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो। हालसम्म बम फेला परेको छैन।

प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ।

गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो। तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ।

‘एम्बियन्स मलको प्रशासनले मलमा बम राखिएको सूचना प्राप्त गरेको थियो। सूचना पाएपछि बम पत्ता लगाउने तथा डिस्पोजल टोलीलगायत सबै  घटनास्थलमा पुगेका थिए,’ एसीपी विकास कौशिकले पत्रकारलाई बताए। 

गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad