भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (बुधबार) पोल्यान्ड र युक्रेन भ्रमणका लागि निस्कँदै छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अगस्ट २१ (आज) देखि २३ सम्म पोल्यान्ड र युक्रेनको भ्रमणमा रहनेछन्। प्रधानमन्त्री मोदी पोल्यान्ड भ्रमण सकेर अगस्ट २३ मा युक्रेन जानेछन् ।
भारतीय प्रधानमन्त्री मोदीले ४५ वर्षपछि पोल्यान्ड भ्रमण गर्न लागेका हुन्। यस्तै ३० वर्षमा भारतका कुनै प्रधानमन्त्रीले पहिलोपटक युक्रेन भ्रमण गर्न लागेका हुन्।
प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो बेला भइरहेको छ, जतिबेला युक्रेनले रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।
युक्रेनले रुसका केही क्षेत्र पनि आफ्नो नियन्त्रणमा लिएको छ। रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ।
96
Shares

प्रतिक्रिया