ग्लोबल


भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान अमेरिकाले गर्‍यो कब्जा

भेनेजुएलाका राष्ट्रपति मादुरोको विमान अमेरिकाले गर्‍यो कब्जा

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १४:२०, काठमाडौँ

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विमान अवैध रूपमा १ करोड ३० लाख अमेरिकी डलरमा किनेको र गोप्य रूपमा देशबाट बाहिरिएको दाबी गर्दै कब्जा गरेको छ।

अमेरिकी न्याय विभागका अनुसार फाल्कन ९००ईएक्स विमान डोमिनिकन रिपब्लिकमा नियन्त्रणमा लिएको थियो र पछि अमेरिकाको फ्लोरिडामा उडाइएको थियो।

यो विमान डोमिनिकन रिपब्लिकमा कहिले पुग्यो भन्ने अझै स्पष्ट भएको छैन। ट्र्याकिङ डाटाले भने यो राजधानी सान्टो डोमिङ्गो नजिकैको एयरपोर्टबाट सोमबार फ्लोरिडा पुगेको देखाएको छ। 

भेनेजुएलाले विमान कब्जाको विरोध गर्दै ‘डकैती’ भनेको छ।

विज्ञप्तिमा भेनेजुएला सरकारले यो क्षति पूर्तिका लागि कानुनी कारबाही गर्ने अधिकार आफूसँग रहेको दाबी गरेको छ।

अमेरिकी अधिकारीहरूले उक्त विमानलाई अमेरिकी निर्यात नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा नियन्त्रणमा लिइएको बताएका छन्।

उनीहरूको दाबीअनुसार मदुरोसँग सम्बन्धित व्यक्तिहरूले २००२-२०२३ को बीचमा विमानको अवैध खरिदका लागि क्यारेबियन सेल कम्पनीको सहयोग लिएको अनुसन्धानबाट पत्ता लागेको छ। विमान किनेको कम्पनी फ्लोरिडाको हो।

यो विमान अप्रिल २०२३ मा अवैध रूपमा भेनेजुएला ल्याइएको थियो।

जुलाईमा मादुरोले फेरि आम चुनाव जित्दा पश्चिमी देशहरूसँग तनाव बढेको छ।

अमेरिकाले यो चुनाव धाँधली भएको बताएको छ।

अमेरिकी संघीय एजेन्सीले मदुरोलाई भ्रष्टाचारको आरोप लगाएको यो पहिलोपटक होइन।

२०२० मा अमेरिकी न्याय विभागले मादुरो र अन्य १४ अधिकारीलाई लागुपदार्थ-आतंकवाद, भ्रष्टाचार र लागुपदार्थ तस्करीको आरोप लगाएको थियो। 

अमेरिकी विदेश मन्त्रालयले मादुरोलाई पक्राउ गरी सजाय दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad