भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजकी डाक्टरको बलात्कार–हत्या प्रकरणमा कलेजका पूर्वप्राचार्य (प्रिन्सिपल) सन्दीप घोष पनि प्रक्राउ परेका छन्।
उक्त घटना अनुसन्धान गरिरहेको भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले मेडिकल कलेजका पूर्वप्राचार्य घोष र टाला पुलिस स्टेसनका इन्चार्ज अभिजित मण्डललाई पक्राउ गरेको हो।
बीबीसी हिन्दीका अनुसार प्रमाण गायब पारेको तथा घटनाविरुद्ध जाहेरी (एफआईआर) दर्ता गर्न ढिला गरेको आरोपमा उनीहरूलाई सीबीआईले शनिबार राति पक्राउ गरेको हो।
अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेस गरिँदै छ।
सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सीबीआईको हिरासतमा छन्। उनलाई सेप्टेम्बर २३ सम्मका लागि प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ।
अब सीबीआईले पनि उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ।
Shares
प्रतिक्रिया