भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएपछि अहिले उनका अनेक पाटा सार्वजनिक भइरहेका छन्।
८६ वर्षीय टाटाको बुधबार राति मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा निधन भएको हो। बिहीबार उनको अन्त्येष्टि पनि गरिसकिएको छ।
तर उनको व्यक्तित्वको चर्चा व्यापक मात्रामा भइरहेको छ।
यसै क्रममा यहाँ एउटा घटना यहाँ प्रस्तुत गरिन्छ।
रतन टाटा इन्स्टाग्राममा निकै सक्रिय थिए र प्रायः आफ्ना तस्बिर सेयर गरिरहन्थे। यस क्रममा एक दिन उनले आफू भुईँमा बसिरहेको तस्बिर सार्वजनिक गरे।
जसमा एक युवतीले अनौठो कमेन्ट गरिन्, ‘छोटुलाई बधाई छ।’
रतन टाटाका लाखौँ फलोअर यो देखेर रिसाए र ती युवतीलाई ट्रोल गर्न थाले।
तर आलोचकहरूलाई नम्रतापूर्वक लिने रतन टाटाले ट्रोल गर्ने मानिसहरूको बोली बन्द गरिदिए।
उनले लेखे, ‘म जवान युवतीको प्रशंसा गर्छु, किनकि उनले आफ्नो मनको कुरा लेख्नुभयो। आगामी दिनमा पनि यसरी नै लेखिरहनुहुनेछ भन्ने आशा लिएको छु। हामीले के बिर्सन हुँदैन भने सबैभित्र बच्चापन हुन्छ। यस्तो अवस्थामा यी नारीलाई सम्मान गर्नुहोस्, इज्जत गर्नुहोस्।’
Shares

प्रतिक्रिया