ग्लोबल


मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान बमको धम्कीपछि दिल्लीमा अवतरण

मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान बमको धम्कीपछि दिल्लीमा अवतरण

नेपालखबर
असोज २८, २०८१ सोमबार ९:४८, काठमाडौँ

सोमबार (आज) बिहान भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको छत्रपति महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान २ विमान उड्नेबित्तिकै एउटा ट्विटबाट बमको धम्की दिएको थियो। लगत्तै सुरक्षा संयन्त्रले विमानलाई दिल्लीतिर मोड्न निर्देश गरेको थियो। त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। अहिले सबै यात्रु सकुशल छन्। प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि जोन एफ केनेडी विमानस्थलका लागि उडेको एआई११९ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad