अमेरिकी नागरिकको हत्याको षड्यन्त्र रचेको आरोपमा अमेरिकाले भारतीय गुप्तचर निकायका पूर्वअधिकारीविरुद्ध अभियोग दर्ता गरेको छ।
खालिस्तानी आन्दोलनका नेता गुरपतवन्त सिंह पन्नुको हत्या गराउन भाडाका सुटर परिचालन गरेको भन्दै विकास यादवविरुद्ध अभियोग दर्ता गरिएको हो।
न्युयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयले पहिलोपटक सो अभियोगमा प्रत्यक्ष रूपमा भारत सरकारलाई जोडेको हो।
भारत सरकारले भने अमेरिकाद्वारा जारी अनुसन्धानमा सहकार्य गरिरहेको बताएको छ। यद्यपि यादवविरुद्धको अभियोगबारे केही भनेको छैन।
यसै वर्ष सोही घटनामा अभियुक्त रहेका भारतीय नागरिक निखिल यादवलाई प्रागबाट अमेरिका सुपर्दगी गरिएको थियो।
अमेरिका र क्यानडाका दोहोरो नागरिक पन्नुको हत्या प्रयासमा भारतीय एजेन्ट संलग्न रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। पन्नुलाई आतंकवादी भन्ने गरेको भारतले सो आरोपको खण्डन गर्दै आएको छ।
अभियोग पत्रका अनुसार मे २०२३ मा पन्नुको हत्याको षड्यन्त्र रचिँदा यादव त्यसको ‘मास्टरमाइन्ड’ थिए। यादवले गुप्तालाई पन्नुको बारेमा सम्पूर्ण जानकारी उपलब्ध गराएको र उनी दिनभरि कहाँ जान्छन्, के गर्छन् भन्ने सूचना दिएको बताइएको छ।
क्यानडेली नागरिक हरदीपसिंह निज्जरको हत्याका विषयमा भारत र क्यानडाबीच तिक्तता चुलिएको बेला भारतीय अधिकारीलाई नै अमेरिकाले अभियोग लगाएको हो। एजेन्सी
Shares

प्रतिक्रिया