ग्लोबल


दिल्लीको हावा ‘अत्यन्तै दूषित’

दिल्लीको हावा ‘अत्यन्तै दूषित’

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ८:४७, काठमाडौँ

सोमबार बिहान भारतको राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’को श्रेणीमा रेकर्ड गरिएको छ।

राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ।

यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ। 

सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकांक २५० भन्दा माथि थियो। जुन 'खराब' को श्रेणीमा पर्छ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रमा प्रदूषण स्तर ३०० माथि थियो, जुन 'धेरै खराब' श्रेणीमा पर्छ।

आनन्द विहारमा वायु गुणस्तर सूचकांक ३५० भन्दा माथि रेकर्ड गरिएको छ।

दिल्लीका मुख्यमन्त्री आतिशीले राज्यका वातावरणमन्त्री गोपाल रायसँगै आइतबार आनन्द विहारको भ्रमण गरेकी थिइन्।

यस क्रममा उनले अनुगमनका साथै आनन्द विहार क्षेत्रमा उच्च वायु प्रदूषण हुनुको कारणबारे पनि छलफल गरिन्।

आइतबार भ्रमणपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले भनिन्- दिल्लीमा प्रदूषण बढ्दै छ। हामी आनन्द विहार क्षेत्रमा प्रदूषण नियन्त्रण गर्न कडा प्रयास र उपाय गरिरहेका छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad