ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुस प्रस्थान गरेका छन्।
यो जानकारी मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदी स्वयंमले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
— Narendra Modi (@narendramodi) October 22, 2024Leaving for Kazan, Russia, to take part in the BRICS Summit. India attaches immense importance to BRICS, and I look forward to extensive discussions on a wide range of subjects. I also look forward to meeting various leaders there.https://t.co/mNUvuJz4ZK
आफ्नो पोस्टमा उनले भारतका लागि ब्रिक्सको महत्त्व उल्लेख गर्दै यस शिखर सम्मेलनमा धेरै फराकिला विषयमा छलफल गरिने बताएका छन्।
उनले यो शिखर सम्मेलनमा धेरै नेतासँग भेटघाट पनि गर्ने जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले यसअघि ८ र ९ जुलाईमा रुस भ्रमण गरेका थिए। अर्थात् यो वर्ष प्रधानमन्त्री मोदी दोस्रोपटक रुस भ्रमणमा गएका हुन्।
ब्रिक्स विकासशील अर्थतन्त्र भएका देशहरूको समूह हो। ब्रिक्समा भारतसहित ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका सहभागी छन्।
Shares

प्रतिक्रिया