भारतस्थित नोएडाको सुपरटेक केप टाउन सोसाइटीबाट एउटा अचम्मको घटना सार्वजनिक भएको छ।
जहाँ एक युवकले अग्लो भवनबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेका छन्। तर, त्यहाँ उपस्थित मानिसले समयमै समातेर उनको ज्यान जोगाएका छन्।
युवक भवनबाट हाम फाल्नै लाग्दा नजिकैका मानिसहरू चिच्याएका थिए। यसपछि दुईजना मानिस दौडेर माथिल्लो तलामा पुगे र बालकनीमा झुण्डिएको युवकलाई समातेर माथि ताने।
१४औँ तलाबाट हाम फाल्दै थिए युवक
घटना नोएडाको सेक्टर ११३ पुलिस स्टेसन क्षेत्रमा पर्ने सुपरटेक केप टाउनको हो। भारतीय सञ्चारमाध्यमको दाबीअनुसार सोमबार बिहान करिब १०:३० बजे एउटा अग्लो भवनको १४औँ तलाबाट २१ वर्षीय युवक हाम फाल्न खोज्दै थिए।
यसै क्रममा टावरमा बस्ने मानिसहरूले युवक झुण्डिएको देख्नेबित्तिकै हल्ला गर्न थाले। कोलाहल सुनेर त्यहाँ उपस्थित दुई जना सिँढीमा पुगे। त्यसपछि दुवैले उक्त युवकलाई समातेर माथि तानेर ज्यान बचाए।
युवकमा मानसिक समस्या
हेर्नुहोस् घटनाको भाइरल भिडिओ-
#WATCH | सोशल मीडिया पर वायरल इस वीडियो में एक शख्स ऊंची बिल्डिंग से कूदकर जान देने की कोशिश करता दिख रहा है। चारों तरफ होती चीख-पुकार के बीच शख्स को दो लोग कूदने से बचा लेते हैं। मामला नोएडा के थाना सेक्टर 113 का बताया जा रहा है।#Noida pic.twitter.com/OK40autaAj
— Hindustan (@Live_Hindustan) October 21, 2024
Shares

प्रतिक्रिया