ग्लोबल


आफ्ना ४ सैनिक मारिएकामा दुःख व्यक्त गर्दै इरानी राष्ट्रपतिले इजरायललाई भने ‘शत्रु’

आफ्ना ४ सैनिक मारिएकामा दुःख व्यक्त गर्दै इरानी राष्ट्रपतिले इजरायललाई भने ‘शत्रु’

इरानका राष्ट्रपति मसुद पेजेस्कियान


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १७:५६, काठमाडौँ

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा सुरक्षाकर्मी मारिएकामा दुःख व्यक्त गरेका छन्।

इरानी राष्ट्रपति पेजेस्कियानले शनिबार राति सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘इरानका सन्तानले मातृभूमिको रक्षामा आफ्नो ज्यान गुमाएका छन्। म ती बहादुर सैनिक र प्रहरीको साहदतप्रति समवेदना व्यक्त गर्दछु।’

उनले अगाडि लेखेका छन्, ‘इजरायलका शत्रुहरूलाई थाहा हुनुपर्छ- यी मानिस आफ्नो मातृभूमिको रक्षामा साहसका साथ खडा छन्।’

इजरायलले इरानमा गरेको आक्रमणमा चार सैनिक मारिएका छन्। 

यसै क्रममा इरानको तफ्तानमा प्रहरीको गस्ती दलमा भएको आक्रमणमा १० प्रहरी मारिएका छन्। तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ।

उक्त आक्रमणको जिम्मेवारी भने चरमपन्थी संगठन जैश-अल-अदलले लिएको छ।

यो संगठन इरानी सरकारको विरोध गर्दछ। यो संगठनले आफूलाई न्याय र समानताको सेना दाबी गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad