खेल


साफ सेमिफाइनल : भारतविरुद्ध खेल्ने टोलीमा एक जना परिवर्तन, यस्तो बन्यो सुरुवाती ११

साफ सेमिफाइनल : भारतविरुद्ध खेल्ने टोलीमा एक जना परिवर्तन, यस्तो बन्यो सुरुवाती ११

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १७:५७, काठमाडौँ

साफ महिला च्याम्पियनसिप अन्तर्गत हुन लागेको सेमिफाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। आइतबार साँझ साढे ६ बजेबाट भारतविरुद्ध खेल्ने टोलीको नाम सार्वजनिक भएको हो। 

आजको खेलमा एक खेलाडी परिवर्तन गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सरु लिम्बुको ठाउँमा पुजा रानालाई परिवर्तन गरिएको छ। 

टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्। 

खेल सुरु हुनुभन्दा अघि नेपाली र भारतीय टोली दशरथ रंगशाला पुगिसकेका छन्।

रंगशालामा दर्शकहरूको पनि उल्लेख्य उपस्थिति देखिन्छ।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्।

साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। 

सुरुवाती ११ः
पुजा राना, बिमला विके, अमृता जैसी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, एञ्जिला तुम्बाप्पो सुब्बा, सविता रानामगर, अमिशा कार्की 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad