ग्लोबल


ट्रम्पले न्युयोर्कमा गरे ठूलो चुनावी सभा, दोहोर्‍याए ‘अमेरिका फर्स्ट’ नारा

ट्रम्पले न्युयोर्कमा गरे ठूलो चुनावी सभा, दोहोर्‍याए ‘अमेरिका फर्स्ट’ नारा

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १०:४८, काठमाडौँ

अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ।

यही कुरालाई विचार गरी पूर्वराष्ट्रपतिसमेत रहेका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कमा ठूलो चुनावी सभा गरेका छन्।

सभामा सम्बोधन गर्दै ट्रम्पले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्‍याए। 

सन् २०१६ मा ट्रम्प पहिलोपटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए।

यसपछि सन् २०२० को अमेरिकी चुनाव पनि उनले यही नाराका साथ लडेका थिए।

बीबीसीका अनुसार आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरे।

उनले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताए।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताएका छन्।

उनले चुनावी र्‍यालीमा उपस्थित भीडलाई तपाईंहरू यसको विपक्षमा हुनुहुन्छ भनेर सोधे। जसको उत्तरमा र्‍यालीमा सहभागीहरूले होइन भनेर नारा लगाए।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपति चुन्ने चुनाव हुँदै छ। जसमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्र्याटिकबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धा गर्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad