ग्लोबल


स्पेनमा भीषण वर्षा र बाढी, धेरैको मृत्यु भएको आशंका

स्पेनमा भीषण वर्षा र बाढी, धेरैको मृत्यु भएको आशंका

स्पेनका धेरै क्षेत्रमा बाढी आएको छ।


नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १०:२६, काठमाडौँ

भारी वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन्।

भ्यालेन्सिया सहरमा अवस्था गम्भीर छ। यसका नेता कार्लोस म्याजोनले भने- शवहरू फेला परेका छन् तर तिनीहरूको बारेमा थप जानकारी साझा गर्न सकिँदैन।

पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेको अधिकारीहरूले बताएका छन्। यहाँको जनसंख्या १००० भन्दा कम छ।

राहत तथा उद्धार जारी रहेको र रातभर बाढी प्रभावितलाई बचाउने प्रयास भइरहेको बीबीसीले जनाएको छ। 

सामाजिक सञ्जालमा बाढीसँग सम्बन्धित धेरै भिडिओ सेयर भएका छन्। जसमा सडकमा सवारीसाधन पानीमा डुबेको देखिन्छ।

बाढीमा फसेका सयौँ मानिसले रेडियो र टीभी स्टेसनमा मद्दतका लागि फोन गरिरहेका छन्। कोही आफैँ बाढीमा फसेका छन् त कोही आफन्तका लागि सहयोगको याचना गरिरहेका छन्।

कतिपय क्षेत्रमा आकस्मिक सेवासमेत उपलब्ध छैन। स्थानीय अधिकारी मिलाग्रोस टोलानले स्पेनको सरकारी टेलिभिजनलाई बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको बताए।

स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा दोस्रो उच्च सतर्कता जारी गरेको बताएको छ।

भ्यालेन्सिया सिटी हलले सबै स्कुल बुधबारसम्मका लागि बन्द तथा खेलकुद कार्यक्रम स्थगन गरिएको जनाएको छ। सबै पार्क पनि बन्द गरिएका छन्। 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल एक्समार्फत बेपत्ता व्यक्ति र बाढीबाट भएको क्षतिको रिपोर्ट हेरिरहेको उल्लेख गरेका छन्।

सान्चेजले नागरिकहरूलाई प्रशासनको सल्लाह पालना गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad