पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरमा रहेको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ।
यस विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।
घटनाबारे बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी बसिम बेगले भनेका छन्, ‘कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।’
क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बताएअनुसार क्वेटाबाट रावलपिंडी जान जाफर एक्सप्रेसका यात्रु रेल पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको हो।
विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन।
36
Shares

प्रतिक्रिया