ग्लोबल


क्यानडाविरुद्ध ट्रम्पको यस्तो घोषणा, जस्टिन ट्रुडोलाई पर्नसक्छ समस्या

क्यानडाविरुद्ध ट्रम्पको यस्तो घोषणा, जस्टिन ट्रुडोलाई पर्नसक्छ समस्या

फाइल तस्बिर: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार ९:३८, काठमाडौँ

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएदेखि नै भनिएको थियो- उनले क्यानडाका लागि समस्या खडा गर्न सक्नेछन्।

नभन्दै सोमबार ट्रम्पले क्यानडाबाट अमेरिका आउने हरेक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

ट्रम्पले अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा पनि २५ प्रतिशत कर लगाउने बताएका छन्। यस्तै ट्रम्पले सबै चिनियाँ उत्पादनमा १० प्रतिशत कर लगाउने उल्लेख गरेका छन्।

ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागुऔषध रोक्न आवश्यक भएको बताएका छन्।

ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमा पोस्टमा लेखेअनुसार आगामी जनवरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेबित्तिकै उनले क्यानडा, मेक्सिको र चीन विरुद्धकर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्।

ट्रम्पले भनेका छन्, ‘सबैलाई थाहा छ कि क्यानडा र मेक्सिकोबाट हजारौँ मानिस अमेरिका प्रवेश गरिरहेका छन्। उनीहरूले लागुऔषध ल्याएर धेरै अपराध गरिरहेका छन्। जुन स्तरमा यो सबै भइरहेको छ त्यो पहिले कहिल्यै भएको थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad