ग्लोबल


जेलबाट इमरान खानको सन्देश- ‘जे गर्नु छ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन’

जेलबाट इमरान खानको सन्देश- ‘जे गर्नु छ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन’

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८१ बुधबार ७:१९, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफका संस्थापक इमरान खानले आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।  

उनले भनेका छन्, ‘आफ्ना माग पूरा नभएसम्म म पछि हट्दिनँ।’

इमरान खानको एक्स अकाउन्टबाट जारी विज्ञप्तिमा उनले आफ्नो टिमलाई अन्तिम क्षणसम्म लड्न सन्देश दिएका छन्।

उनले लेखेका छन्, ‘सैनिक अदालतमा मुद्दा चलाउने धम्की दिनेहरूलाई मेरो सन्देश भनेको तिमी जे चाहन्छौ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन।’

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानले आन्तरिक मन्त्री मोहसिन नक्वीको निर्देशनमा रेन्जर्स र पुलिसले पीटीआई कार्यकर्ताहरूमाथि गोली चलाएको आरोप लगाएका छन्, परिणामस्वरूप शान्तिपूर्ण प्रदर्शन गरिरहेका सर्वसाधारणको मृत्यु भएको छ र धेरै घाइते भएको उनको भनाइ छ। 

यसका लागि मोहसिन नकवीले जवाफ दिनुपर्ने उनले बताएका छन्।

प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रहन अपिल गर्दै इमरान खानले प्रदर्शनमा सहभागी सबै पाकिस्तानीलाई एकताबद्ध र दृढ रहन आग्रह गरेका छन्। 

जेलमा रहेका आफ्ना नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग गर्दै आन्दोलनमा उत्रिएका पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ताहरूको विरोध जुलुसमा म‌ंगलबार गोली चलेको छ।

खैबर पख्तुनख्वाबाट इस्लामावादको डी चोकमा पुगेका बेला पीटीआई कार्यकर्ता/समर्थकको भीडमा गोली चलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad