ग्लोबल


इजरायल र लेबनानबीच बुधबार बिहानदेखि युद्धविराम

इजरायल र लेबनानबीच बुधबार बिहानदेखि युद्धविराम

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८१ बुधबार ८:४४, काठमाडौँ

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लेबनानमा युद्धविराम गर्ने प्रस्तावलाई मंगलबार राति इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले पारित गरेको हो।

इजरायलले स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेदेखि युद्धविराम लागू हुने बताएको छ। 

योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ।  

तर युद्धविराम हुनु केही समयअघि मंगलबार लेबनानको राजधानी बेरुतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी भएको छ।

जुन बमबारी युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ठानिएको सीएनएनले जनाएको छ। 

आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। यसअघि सोमबार पनि ५५ जनाको मृत्यु भएको थियो।

इसरायल र हिजबुल्लाहबीच दुई महिनादेखि जारी युद्धमा लेबनानमा हजारौँले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad