ग्लोबल


चीनको हिरासतमा रहेका ३ अमेरिकी रिहा

चीनको हिरासतमा रहेका ३ अमेरिकी रिहा

काई ली, मार्क स्विडन र जोन लेउङ


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १४:३७, वासिङ्टन

निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए।

यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन्।

‘चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलोपटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,’अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भने। 

‘यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,’विदेश मन्त्रालयका प्रवक्ताले बताए। 

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागुऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो। उनको परिवार र समर्थकहरूले उनीसँग लागुपदार्थ भएको कुनै प्रमाण नभएको र उनका ड्राइभर र अनुवादक सहयोगीले उनलाई दोष दिएको बताएका छन्।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड ९४५ किलोग्राम० भन्दा बढी तौल गुमाएका छन्। 

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो।

अमेरिकी अधिकारीहरूले उक्त रिहाइ एक चिनियाँ नागरिकका लागि अदलाबदलीको एक भाग भएको पछि स्वीकार गरेका थिए।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाइ सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरुमा एपेक शिखर सम्मेलनका क्रममा राष्ट्रपति सी चिनफिङसँग अन्तिम भेटमा ती मुद्दा उठाउएका थिए। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad