पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती बुशरा बिबीसहित ३ सय जनाविरुद्ध एफआरआई (जाहेरी) दर्ता भएको छ। यही नोभेम्बर २४ का दिन भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध जाहेरी दर्ता भएको हो।
इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पीटीआईका कार्यकर्ता तथा समर्थकले पाकिस्तानमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरू पाकिस्तानको इस्लामावादमा पनि प्रवेश गरेका थिए।
प्रहरीले दर्ता गरेको एफआईआरमा भनिएको छ- नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेलीको साथमा इस्लामावाद पुगेका थिए।
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको आरोप पनि उनीहरूविरुद्ध लगाइएको छ।
60
Shares

प्रतिक्रिया