अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) को निर्देशकमा नियुक्त गरेका छन्।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, ‘कश्यप ‘काश’ पटेल एफबीआईको अर्को निर्देशक हुने घोषणा गर्न पाउँदा मलाई गर्व लागेको छ।
काश एक उत्कृष्ट वकिल, अन्वेषक र योद्धा भएको उल्लेख गर्दै उनले अमेरिका फर्स्टमा विश्वास गर्ने ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘उनले आफ्नो करियर भ्रष्टाचारको पर्दाफास गर्न, न्यायको रक्षा गर्न र अमेरिकी जनताको रक्षा गर्न बिताएका छन्।’
ट्रम्पले काशले आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट काम गरेको उल्लेख गरेका छन्।
108
Shares

प्रतिक्रिया