अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेट निकै राम्रो भएको बताएका छन्।
फ्लोरिडास्थित ट्रम्पको घरमा दुई देशका नेताबीच शनिबार भेटवार्ता भएको हो।
‘हामीले व्यापार र अवैध आप्रवासलगायत धेरै महत्त्वपूर्ण मुद्दाबारे कुरा गर्यौँ’, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गरेका छन्।
यसअघि शनिबार ट्रुडोले मिडियालाई आफू र ट्रम्पबीच उत्कृष्ट कुराकानी भएको बताएका थिए। तर उनले कुनै पनि प्रश्नको जवाफ दिन मानेनन्।
क्यानाडाली प्रधानमन्त्रीले पछि इन्स्टाग्राममा पोस्ट गरे, ‘रात्रिभोजका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद। फेरि सँगै गर्न सक्ने कामका लागि म तत्पर छु।’
ट्रम्पले केही दिनअघि मात्र अमेरिकामा आउने क्यानडाका सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। त्यसलगत्तै ट्रम्पसँग टेलिफोन वार्ता गरेका ट्रुडो उनलाई भेट्न अमेरिका पुगेका हुन्।
Shares

प्रतिक्रिया