ग्लोबल


भारतको तमिलनाडुमा मध्यराति चक्रवातको प्रहार

भारतको तमिलनाडुमा मध्यराति चक्रवातको प्रहार

नेपालखबर
मंसिर १६, २०८१ आइतबार १२:२२, काठमाडौँ

चक्रवाती आँधी फेंगल भारतको तमिलनाडु र पुडुचेरीको तटमा आज बज्रिएको छ। 

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार आँधी शनिबार राति १०:३० देखि ११:३० बजेको बीचमा यी तटमा ठोकिएको हो।

आईएमडीका अनुसार यस अवधिमा हावाको गति ७० देखि ८० किलोमिटर प्रतिघण्टादेखि ९० किलोमिटर प्रतिघण्टासम्म भयो। फेंगल आँधी बिस्तारै पश्चिम र दक्षिण पश्चिम दिशातर्फ सर्ने भारतीय मौसम विभागले जनाएको छ। 

आँधी क्रमशः कमजोर हुँदै जाने त्यहाँका मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad