ग्लोबल


जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा

जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २१:३७, किएभ

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेकामा आलोचना गरेको केही हप्तापछि जर्मन चान्सलर ओलाफ स्कोल्ज सोमबार साढे दुई वर्षपछि पहिलो पटक युक्रेन आएका छन्। 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनले युक्रेनका लागि के अर्थ राख्छ भन्नेबारे व्यापक अनुमानको समयमा त्यो फोन वार्ता भएको थियो किनभने आगामी राष्ट्रपति ट्रम्पले द्वन्द्व अन्त्य गर्ने वाचा गरेका छन्। एउटा ठूलो परिवर्तनमा जेलेन्स्कीले शुक्रबार किएभको नियन्त्रणमा रहेको क्षेत्रमा नेटो सदस्यताको प्रस्तावले युक्रेनमा ‘युद्धको गरम चरण’ अन्त्य गर्न सक्ने सङ्केत गरेका छन्। 

स्कोल्जको भ्रमण फेब्रुअरीमा हुने अपेक्षा गरिएको प्रारम्भिक जर्मन चुनावको अगाडि भएको हो। अभियान चलिरहेका बेला स्कोल्जले युक्रेनको दोस्रो सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ताका रूपमा जर्मनीको स्थितिलाई औँल्याए र युद्ध बढ्न रोक्न र टाउरस लामो दूरीको क्रुज क्षेप्यास्त्र आपूर्ति अस्वीकार गर्दै आफ्नो ‘सावधानी’ लाई जोड दिए।

स्कोल्जले युक्रेनका लागि नाटो सदस्यता द्रुत प्रक्रियाको कुराबारे सावधानी अपनाएका छन्। हालैका महिनाहरूमा उनले शान्तिको मार्ग भेट्टाउने महत्त्वलाई जोड दिएका छन्। यद्यपि उनले यो युक्रेनको सिफारिशमा चयन गरिनु हुँदैन भनेका छन्। 

उनले जेलेन्स्कीसँगको आफ्नो भेटमा यस महिना थप ६५ करोड युरोको थप सैन्य वितरणको घोषणा गर्ने बताए। “म यहाँ स्थलगत रूपमा स्पष्ट पार्न चाहन्छु कि जर्मनी युरोपमा युक्रेनको सबैभन्दा बलियो समर्थक रहनेछ”, उनले भने। 

यसका बाबजुद स्कोल्जलाई नोभेम्बरमा जेलेन्स्कीले पुटिनसँग कुरा गरेकोमा आलोचना गरेका थिए। यो करिब दुई वर्षमा प्रमुख पश्चिमी शक्तिका वर्तमान नेतासँग भएको पहिलो कुराकानीजस्तो देखिन्छ। त्यो फोन वार्तामा स्कोल्जले पुटिनलाई युक्रेनसँग वार्ताका लागि खुला हुन आग्रह गरे तर रुसी नेताले कुनै पनि शान्ति सम्झौताले रुसको क्षेत्रीय लाभ र सुरक्षा माग स्वीकार गर्नुपर्ने र त्यसमा किएभले नाटोमा सामेल हुन त्याग्नु पर्ने बताए। 

जेलेन्स्कीले पुटिनसँग कुरा गर्नाले ‘प्यान्डोराको बाकस’ खोल्ने जोखिम रहेको र रुसलाई अझ कम पृथक  बनाउने काम मात्र गर्ने सुझाव दिए। उनी अक्टोबरमा युद्ध अन्त्य गर्ने आफ्नो ‘विजय योजना’का लागि समर्थन जुटाउन युरोपका राजधानीमा स्कोल्जसँग भेट्न बर्लिन गएका थिए। 

उक्त योजनामा युक्रेनले नाटोमा सामेल हुन औपचारिक निमन्त्रणा प्राप्त गर्ने सुझाव र किएभलाई रुसभित्रका सैन्य लक्ष्यमा प्रहार गर्न लामो दूरीका पश्चिमी मिसाइलहरू प्रयोग गर्ने अनुमति दिने अनुरोध समावेश थियो।

केही पश्चिमी राष्ट्रहरूले नोभेम्बरमा आफ्ना हतियारहरू प्रयोग गरी लामो दूरी आक्रमण गर्न किएभलाई अनुमति दिए। त्यो निर्णयपछि पुटिनले रुसले ‘ओरेसनिक’ नामक रोक्न नसकिने मध्यम दूरीको क्षेप्यास्त्र प्रयोग गरी युक्रेनमा आक्रमण गरेको बताए।यो पहिलोपटक थियो जब त्यस्तो क्षेप्यास्त्र युद्धमा वा अन्य कुनै द्वन्द्वमा प्रयोग गरिएको थियो। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad