न्युयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा दोषी ठहर गर्नु ठीक हुने फैसला सुनाएको छ।
राष्ट्रपति निर्वाचित ट्रम्पको पक्षले अमेरिकी सर्वोच्च अदालतले दिएको ऐतिहासिक उन्मुक्तिपछि मुद्दा खारेज गर्नुपर्ने तर्क गरेको थियो।
यस वर्षको जुलाई महिनामा अमेरिकाको सबैभन्दा ठूलो अदालतले राष्ट्रपतिका रूपमा लिएका निर्णयमा ट्रम्पलाई आपराधिक सजायबाट छुट दिएको बताएको थियो।
ट्रम्पले काण्डबाट बच्न सन् २०१६ मा एक वयस्क फिल्म स्टारलाई मौन बस्नका लागि गोप्य रूपमा पैसा दिएको आरोप छ।
बीबीसीका अनुसार सोमबार अदालतले ट्रम्पले राष्ट्रपतिका रूपमा लिएको आधिकारिक निर्णयमा यो विषय नआउने बताएको छ।
यो ऐतिहासिक निर्णय कायम रहेमा राष्ट्रपति भवनमा बसेर यस्तो सजाय पाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।
ट्रम्पले आगामी जनवरी २० मा दोस्रोपटक अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्दै छन्।
Shares

प्रतिक्रिया