ग्लोबल


अजरबैजान एयरलाइन्सले बतायो आफ्नो विमान दुर्घटना हुनुको कारण

अजरबैजान एयरलाइन्सले बतायो आफ्नो विमान दुर्घटना हुनुको कारण

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८१ शनिबार ८:१७, काठमाडौँ

अजरबैजान एयरलाइन्सले आफ्नो विमान बाह्य प्राविधिक हस्तक्षेपका कारण डिसेम्बर २५ मा कजाकिस्तानमा दुर्घटना भएको जनाएको छ।

अक्ताउ विमानस्थलको धावनमार्गबाट ​​३ किलोमिटर पर एम्ब्रयर विमान तीव्र गतिमा खसेर आगो लाग्दा ३८ जनाको मृत्यु भएको थियो।

विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो।

रुसको नागरिक उड्डयन निकायका प्रमुखले शुक्रबार चेचन्याको राजधानीको अवस्था निकै जटिल रहेको र त्यहाँको हवाई क्षेत्र बन्द गरिएको बताए।

यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रुसका सात सहरको उडान स्थगन गरेको छ।

युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यो विमान दुर्घटनामा रुसलाई दोष दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभलाई पत्रकारहरूसँगको टेलिफोन ब्रिफिङमा आरोपबारे सोधिएको थियो।

उनले भने, ‘म फेरि एकपटक दोहोर्‍याउँछु, मैले भनेको कुरामा थप्नुपर्ने केही छैन। यो विमान दुर्घटनाको अनुसन्धान जारी छ र अनुसन्धानको नतिजा नआएसम्म अनुमान गर्न हामी सक्दैनौँ र यस्तो गर्दैनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad