ग्लोबल


दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा २८ जनाको मृत्यु पुष्टि

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा २८ जनाको मृत्यु पुष्टि

नेपालखबर
पुस १४, २०८१ आइतबार ८:१६, काठमाडौँ

दक्षिण कोरियाको दक्षिणपश्चिममा रहेको एउटा विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएको प्रहरी र अग्निनियन्त्रकले बताएका छन्।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दुर्घटना स्थानीय समय बिहान ९:०७ बजे भएको हो।

बैंककबाट फर्किएको जेजु एयरको उडान अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर सियोलबाट २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलको बारसँग ठोकिएको हो।

अधिकारीहरूले दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ।

तीन जनाको उद्धार गरिएको छ।

विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए।

दुई थाई नागरिक बाहेक अधिकांश यात्रु कोरियाली थिए।

दुर्घटनाका क्रममा विमानमा आगो लागेको थियो। 

अधिकारीहरूले ४३ मिनेटमा आगो निभाएको र दुर्घटनास्थलमा खोजी तथा उद्धार जारी रहेको बताएका छन्।

हेर्नुहोस् विमान दुर्घटनाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad