जापानको टोकियोस्थित एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय समयअनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको दुईतले घरमा आगलागी भएको हो।
तीव्र हावाका कारण आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको जनाइएको छ।
जापानको सबैभन्दा अग्लो ब्रोडकास्टिङ टावर तथा लोकप्रिय पर्यटकीय स्थल टोकियो स्काइट्रीनजिकै आगलागी भएको हो।
162
Shares

प्रतिक्रिया