ग्लोबल


विश्वभर नयाँ वर्ष मनाइँदै, के भने पुटिन र जेलेन्स्कीले?

विश्वभर नयाँ वर्ष मनाइँदै, के भने पुटिन र जेलेन्स्कीले?

फाइल तस्बिर: पुटिन र जेलेन्स्की


नेपालखबर
पुस १७, २०८१ बुधबार ७:७, काठमाडौँ

सन् २०२५ सुरु भएको छ।

यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती प्रधानमन्त्री कियर स्टारमर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वभरका नेताले आआफ्ना देशका जनतालाई सम्बोधन गरेका छन्। 

भ्लादिमिर पुटिनले भने, ‘म विश्वस्त छु कि सबै ठीक हुनेछ र हामी अगाडि बढिरहेका छौँ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘युक्रेन दृढताका साथ आफ्नो खुट्टामा उभिएको छ र हामी झुक्ने छैनौँ।’

वास्तवमा रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ। यो लडाइँ जारी रह्यो भने, यो फेब्रुअरीमा तीन वर्ष हुनेछ।

यस्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भने, ‘अर्थतन्त्र स्थिर र बढ्दो छ, हामीले कडा परिश्रमले नयाँ चुनौती पार गर्नेछौँ।’

इमानुएल म्याक्रोनले राष्ट्रिय सभा भंग गर्ने आफ्नो निर्णयले थप अस्थिरता ल्याएको बताए।

बेलायती प्रधानमन्त्री कियर स्टारमरले नयाँ वर्षका अवसरमा सरकार नागरिकका लागि लडिरहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad