ग्लोबल


तिब्बतमा भूकम्पपछि १ हजार २११ परकम्प

तिब्बतमा भूकम्पपछि १ हजार २११ परकम्प

नेपालखबर
पुस २५, २०८१ बिहिबार १९:३७, काठमाडौँ

दक्षिणपश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार दिउँसो ३ बजेसम्म कूल एक हजार २११ वटा परकम्प पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ। 

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर मङ्गलबार ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। 

भूकम्पका कारण १२६ जनाको मृत्यु भयो भने १८८ जना घाइते भएका छन्।

भूकम्पमा फसेका ४०७ जनाको भने उद्धार गरिएको छ। 

क्षेत्रीय भूकम्प ब्युरोका अनुसार ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

३३ वटा पराकम्प तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्युरोले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad