यूएस क्यापिटलमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको शपथ समारोहमा सहभागी हुन पाहुनाहरु जम्मा भइरहेका छन्। यसपटक १९८५ यता पहिलोपटक शपथ समारोह भित्र हुँदैछ।
अतिथिहरुमा बिल क्लिन्टन, इलोन मस्क, टिम कुक, मार्क जकरबर्ग, जो रोगनलगायत छन्।
ट्रम्पका केही मन्त्रीहरु पनि पुगिसकेका छन्।
तर, थुप्रैको नजर भने एक सिनेटरमा परेको छ। जसले कट्टु र स्वेट सर्ट लगाएका छन्।
उनी हुन्, पेन्सलभेनियाका सिनेटर जोन फेटरम्यान। उनी डेमोक्र्याटिक पार्टीका हुन्।
ट्रम्पले चुनाव जितेपछि उनलाई भेट्ने पहिलो डेमोक्र्याटिक सिनेटर उनी नै थिए। एजेन्सी
1.4k
Shares

प्रतिक्रिया