ग्लोबल


टर्कीको रिसोर्ट आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ

टर्कीको रिसोर्ट आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ

घटनास्थल


नेपालखबर
माघ ९, २०८१ बुधबार ८:१३, काठमाडौँ

टर्कीको एक प्रसिद्ध स्कि रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो।

आगलागीमा मृत्यु भएकाको सबैको पहिचान अझै भएको छैन।

टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले आगलागीमा ५१ जना घाइते भएको बताएका छन्। यीमध्ये एक जना आईसीयूमा छन्।

यसबाहेक १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको बीबीसीले जनाएको छ। 

टर्कीका कानुनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन्। पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन्।

बोलुस्थित १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी सुरु भएको थियो। जतिबेला होटलमा २३४ जना बसिरहेका थिए।

बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad