इजरायल रक्षा बल (आईडीएफ) ले हमासको हिरासतबाट मुक्त गरिएका चार इजरायली महिला सैनिक इजरायल आइपुगेको बताएको छ।
आईडीएफ विज्ञप्ति जारी गर्दै चार इजरायली महिला सैनिक करिना आर्येभ, ड्यानिएला गिल्बेउ, नामा लिभाई र लिरी अल्बाग सीमा पार गरेर इजरायली क्षेत्रमा पुगेको जानकारी दिएको हो।
आईडीएफले एउटा भिडिओ पनि जारी गरेको छ। जसमा इजरायली बन्धकका परिवारका सदस्यहरू उनीहरूको रिहाइमा खुसी मनाउँदै गरेको देखिन्छ।
भिडिओ हेर्नुहोस्-
— Israel Defense Forces (@IDF) January 25, 2025The moment when tears of sadness turned into tears of joy as the released hostages’ families saw their loved ones finally coming back home 💛 pic.twitter.com/AvvByt9chZ
यही जनवरी १९ देखि भएको युद्धविरामअन्तर्गत हमासले शनिबार दोस्रोपटक इजरायली बन्धक छाडेको हो।
चार बन्धकको सट्टामा इजरायलले पनि शनिबार २ सय प्यालेस्टिनी कैदी रिहा गरेको छ।
Shares

प्रतिक्रिया