अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो हप्ता पूरा गरेका छन्।
यसबीच उनले लिएका केही महत्त्वपूर्ण निर्णयबारे जानकारी लिऔँ।
आप्रवासन: ट्रम्पले दक्षिणी सिमानामा आप्रवासी प्रवेश रोक्न आदेश दिए। उनले मेक्सिकोको सीमामा पर्खाल बनाउने प्रयास पनि पुनः सुरु गरेका छन् र अमेरिकामा अवैध रूपमा वा अस्थायी भिसामा बसोबास गर्ने आप्रवासीका छोराछोरीलाई नागरिकता दिन अस्वीकार गरेका छन्।
जलवायु र स्वास्थ्य: ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन् र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आदेशमा हस्ताक्षर गरेका छन्।
लिङ्ग र विविधता: अमेरिकाले पुरुष र महिला गरी दुई लिङ्गलाई मात्र मान्यता दिने ट्रम्पले घोषणा गरेका छन्। ट्रम्प प्रशासनले ‘लैङ्गिक विचारधारा’ वा विविधतालाई प्रवर्द्धन गर्ने सबै सरकारी कार्यक्रम खारेज गरेको छ।
टिकटक: ट्रम्पले टिकटकको प्रतिबन्ध ७५ दिनका लागि स्थगन गरेका छन्।
माफी: ट्रम्पले क्यापिटल हिल दंगा प्रकरणमा जेलमा रेहका १,६०० समर्थकलाई माफी दिए, जसमा अति दक्षिणपन्थी समूहका सदस्य र गर्भपतन विरोधी २३ प्रदर्शनकारी थिए।
गोप्य फाइल: ट्रम्पले जोन एफ. केनेडी, रोबर्ट केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य कागजात जारी गर्न आदेश दिएका छन्।
Shares

प्रतिक्रिया