ग्लोबल


३१ वर्षदेखि सत्तामा रहेका लुकासेन्को फेरि बेलारुसको राष्ट्रपति निर्वाचित

३१ वर्षदेखि सत्तामा रहेका लुकासेन्को फेरि बेलारुसको राष्ट्रपति निर्वाचित

नेपालखबर
माघ १४, २०८१ सोमबार १८:१,

बेलारुसको राष्ट्रपतिमा अलेक्जेन्डर लुकासेन्को सातौँ पटक निर्वाचित भएका छन्। उनले ३१ वर्षदेखि सो देशको शासन चलाइरहेका छन्।

पश्चिमा सरकारहरूले भने यो चुनावलाई झुटो भन्दै नतिजा अस्वीकार गरेका छन्।

लुकासेन्कोले ८६.८ प्रतिशत मत पाएको निर्वाचन अधिकारीहरूले बताएका छन्। अन्य चारजना उम्मेदवार उठे पनि उनीहरूमध्ये धेरैले लुकासेन्कोलाई नै समर्थन गरेका थिए।

आफ्ना विपक्षीहरूलाई जेलमा कोचेको विषयमा प्रश्न गर्दा लुकासेन्केले आइतबार भने, ‘आफ्नो भाग्य उनीहरू आफैँले रोजेका हुन्।’

‘म पश्चिमलाई कुनै वास्ता गर्दिनँ,’ चार घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा उनले भने, ‘पश्चिमसँगको सम्बन्ध गाँस्न हामीले कहिल्यै अस्वीकार गरेका छैनौँ। हामी सधैँ तयार छौँ। तर, तपाईं चाहनुहुन्न। हामीले के गर्ने? झुक्ने कि घुँडा टेक्ने?’

लुकासेन्को सधैँ रुसनिकट रहँदै आएका छन्। जसका कारण रुसबाट उनले सस्तो तेल र ऋण लिन सफल भएका छन्। युक्रेन युद्धपछि त उनी झनै रुसको निकट बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad