ग्लोबल


ट्रम्पले भनेः ६४ जना बोकेको अमेरिकी विमान हेलिकप्टरसँग ठोकिएर खसेको थाहा पाएँ

ट्रम्पले भनेः ६४ जना बोकेको अमेरिकी विमान हेलिकप्टरसँग ठोकिएर खसेको थाहा पाएँ

नेपालखबर
माघ १७, २०८१ बिहिबार ११:१२, काठमाडौँ

अमेरिकाको वासिङ्टन डीसीमा ६४ जना बोकेको अमेरिकन एयरलाइन्सको विमान आकासमै हेलिकप्टरसँग ठोकिएको बारे आफूलाई जानकारी आएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। 

स्थानीय समयानुसार बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै उडिरहेको सेनाको हेलिकप्टर र विमान ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्। 

ट्रम्पले भने, ‘रेगन राष्ट्रिय विमानस्थलमा भएको भयानक दुर्घटनाकोबारेमा मलाई जानकारी दिइएको छ।’

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले अगाडि भने, ‘भगवान्‌ले उनीहरूको (मृतकको) आत्मालाई शान्ति प्रदान गरून्। उद्धार प्रयासमा सहयोग गर्नेहरूलाई धन्यवाद। म परिस्थितिमा नजर राखिरहेको छु। थप जानकारी पाउनेबित्तिकै म तपाईंलाई दिनेछु।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दुर्घटनामा परेको विमान नदीमा टुक्राटुक्रा अवस्थामा फेला परेको र शवहरू निकालिएको उल्लेख गरेका छन्।

अहिलेसम्म एक जना पनि जीवित फेला परेका छैनन्। तर कति जनाको मृत्यु भयो भन्ने हालसम्म पुष्टि भइसकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad