ग्लोबल


सोनिया गान्धीविरुद्ध बिहार अदालतमा मुद्दा

सोनिया गान्धीविरुद्ध बिहार अदालतमा मुद्दा

सोनिया गान्धी


नेपालखबर
माघ २०, २०८१ आइतबार १२:९, काठमाडौँ

भारतीय कंग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीविरुद्ध बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा निवेदन दिइएको छ। 

कंग्रेस नेतृ सोनियाले राष्ट्रपति द्रौपदी मुर्मुविरुद्ध गरेको टिप्पणीमा कारबाही माग गर्दै मुजफ्फरपुरका अधिवक्ता सुधीर ओझाले शनिबार अदालतमा निवेदन दर्ता गराएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार निवेदनमा उनले देशको सर्वोच्च संवैधानिक पदमा बसेको व्यक्तिको अपमान गरेको आरोपमा सोनिया गान्धीविरुद्ध एफआईआर दर्ता गर्न माग गरेका छन्।

ओझाले यस मुद्दामा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र केरलाको वायनाडकी कांग्रेस सांसद प्रियंका गान्धीलाई पनि सहअभियुक्तका रूपमा नाम दिएका छन् र उनीहरूविरुद्ध पनि कानुनी कारबाहीको माग गरेका छन्।

भारतीय संसद्‌को बजेट सत्रको पहिलो दिन शनिबार राष्ट्रपति द्रौपदी मुर्मुले गरेको भाषणबारे प्रतिक्रिया दिन पत्रकारहरूले सोनिया गान्धीलाई आग्रह गरेका थिए। त्यतिबेला त्यहाँ सोनिया गान्धीसँगै राहुल गान्धी र प्रियंका गान्धी पनि उपस्थित थिए।

त्यसपछि राहुल गान्धीले सोनिया गान्धीलाई भाषणबारे के सोच्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा सोनियाले भनेकी थिइन्, ‘उही कुरा, झुटा वाचा।’

तर राहुल गान्धीले भने, ‘नो कमेन्ट (कुनै टिप्पणी छैन)!’

अनि सोनिया गान्धीले थपिन्, ‘होइन, बिचरी महिला, राष्ट्रपति अन्त्यसम्ममा धेरै थाकेकी थिइन्।’

त्यसपछि राहुल गान्धीले सोनियालाई भने, ‘एउटै कुरा बारम्बार दोहोर्‍याइरहेकी थिइन्?’

त्यसपछि सोनिया गान्धीले भनिन्, ‘होइन, उनी धेरै मुस्किलले बोलिरहेकी थिइन्। यो ठीक होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad