ग्लोबल


दिल्ली विधानसभा चुनावको मतदान सुरु

दिल्ली विधानसभा चुनावको मतदान सुरु

नेपालखबर
माघ २३, २०८१ बुधबार ७:२५, काठमाडौँ

दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ।

दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो। 

मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्।

दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्।

दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad