ग्लोबल


दिल्ली चुनाव: भाजपा ४८ सिटमा अगाडि, केजरीवाल २५४ मतले अघि

दिल्ली चुनाव: भाजपा ४८ सिटमा अगाडि, केजरीवाल २५४ मतले अघि

नेपालखबर
माघ २६, २०८१ शनिबार १०:१२, काठमाडौँ

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ।

सुरुवाती परिणाममा भाजपा ४८ सिटमा अगाडि छ र आम आदमी पार्टी (आप) २० सिटमा अगाडि छ।

कंग्रेस १ सिटमा अगाडि छ। यसको अर्थ भाजपाले सुरुवाती नतिजामा बहुमतको आँकडा पार गरेको छ।

नयाँ दिल्ली सिटबाट आम आदमी पार्टी (आप) का अरविन्द केजरीवाल २५४ मतले अगाडि छन्। पहिले केजरीवाल पछाडि परेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार कालकाजी सिटमा मुख्यमन्त्री आतिशी अझै पछाडि परिरहेकी छन्। जंगपुरामा मनीष सिसोदिया र पटपडगंजबाट अवध ओझा अगाडि छन्। पहिले उनीहरू पनि पछि परेका थिए।

फेब्रुअरी ५ मा दिल्लीका ७० सिटका लागि भएको निर्वाचनमा ६०.५४ प्रतशित मतदान भएको थियो।

दिउँसो १२ बजेसम्म दिल्लीमा कसको सरकार बन्छ भन्ने कुरा स्पष्ट हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad