कर्णाली


नेपाल पुलिस स्कुल सुर्खेतका इन्सपेक्टर डम्बरपाल डीएसपीमा बढुवा

नेपाल पुलिस स्कुल सुर्खेतका इन्सपेक्टर डम्बरपाल डीएसपीमा बढुवा

नेपालखबर
माघ २६, २०८१ शनिबार १०:२६, सुर्खेत

नेपाल पुलिस स्कुल सुर्खेतका समादेशक प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपाल प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णयमा नेपाल पुलिस स्कुल सुर्खेतका समादेशक प्रहरी निरीक्षक डम्बरपालको नाम पनि समावेश भएको हो।

निरीक्षक डम्बरपाललाई प्रहरी नायब उपरीक्षकमा उत्कृष्ट कार्यसम्पादन आधारमा सिफारिस गरिएको हो।

गत असोज ३० गते प्रहरी दिवस-२०८१ को अवसरमा डम्मरपाललाई सर्वोउत्कृष्ट प्रहरी स्कुल प्रमुख (समादेशक) रुपमा प्रशंसापत्र प्रदान गरियो।

उनले देशभरका नेपाल पुलिस स्कुल मध्य नेपाल पुलिस स्कुल सुर्खेतलाई उत्कृष्ट विद्यालय बनाउन सफल भएका थिए।

उनलाई प्रहरी महानिरीक्षक वसन्त कुँवरले सम्मान गरे।

निरीक्षक डम्बरले नेपाल पुलिस क्लबबाट विभिन्न खेलकुदमा भाग लिएर पहिलो र दोस्रो स्थान हासिल गरेका छन्।

उनले बाँके, दाङ, सर्लाही, बर्दियालगायत जिल्लामा बसेर काम गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad