अमेरिकी शिक्षक मार्क फोगल रुसको जेलबाट रिहा भएका छन्।
रुसी कारागारबाट छुटेर स्थानीय समयानुसार मंगलबार साँझ अमेरिकाको राजधानी वासिङ्टन डीसी आइपुगेका ६३ वर्षीय मार्क फोगललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन्।
मार्क फोगलले भने, ‘मलाई अहिले संसारको सबैभन्दा भाग्यमानी मान्छे मै हुँ जस्तो लागिरहेको छ। म एक मध्यमवर्गीय स्कुल शिक्षक हुँ, जो अहिले सपनाको संसारमा छ।’
यस क्रममा ट्रम्पले भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बदलामा 'धेरै' नपाएको टिप्पणी गरे।
ट्रम्पले बुधबार अर्को बन्धक पनि रिहा गरिने बताए तर नाम खुलाएनन्।
रुससँगको कैदी सम्झौताबारे ट्रम्पले भने, “यो धेरै निष्पक्ष र उचित हो। बुधबार पनि कसैलाई रिहा गरिनेछ।"
मार्क फोगललाई २०२१ मा रुसको एक विमानस्थलबाट पक्राउ गरिएको थियो। उनको साथमा थोरै गाँजा फेला परेको थियो। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया