ग्लोबल


श्रीलंकाको एउटा महत्त्वपूर्ण परियोजनाबाट पछि हट्यो अदानीको कम्पनी

श्रीलंकाको एउटा महत्त्वपूर्ण परियोजनाबाट पछि हट्यो अदानीको कम्पनी

नेपालखबर
फागुन १, २०८१ बिहिबार २१:४३, काठमाडौँ

अदानी समूहको कम्पनी अदानी ग्रिन इनर्जीले श्रीलंकामा रहेको आफ्नो १ अर्ब डलरको वायु ऊर्जा परियोजनाबाट पछि हट्ने निर्णय गरेको छ।

कम्पनीले धेरै आवश्यक स्वीकृति प्राप्त गरे तापनि केही वातावरणीय स्वीकृति प्राप्त गर्न ढिलाइ भएको र श्रीलंकाको सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण परियोजनाबाट पछि हटिरहेको बताएको छ।

अदानी ग्रिन इनर्जीले विज्ञप्तिमार्फत यस विषयमा पुन: वार्ता गर्न वार्ता समिति र परियोजना समिति गठन गरिने जनाएको छ।

कम्पनीले भनेको छ, ‘हामी श्रीलंकाको सार्वभौमसत्ता र यसको निर्णयको सम्मान गर्छौं, त्यसैले हामी सम्मानपूर्वक यो परियोजनाबाट पछि हटिरहेका छौँ।’

यो परियोजना श्रीलंकाको मन्नार र पुनेरिनमा ४८४ मेगावाटको वायु ऊर्जा परियोजना स्थापना गर्नुका साथै २२० केभी र ४०० केभी प्रसारण नेटवर्कको विस्तारमा केन्द्रित थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad