ग्लोबल


मणिपुमा सीआरपीएफ जवानले पहिले २ सहकर्मीलाई गोली हाने, पछि आफैँलाई

मणिपुमा सीआरपीएफ जवानले पहिले २ सहकर्मीलाई गोली हाने, पछि आफैँलाई

प्रतीकात्मक तस्बिर


नेपालखबर
फागुन २, २०८१ शुक्रबार ७:४२, काठमाडौँ

भारतीय राज्य मणिपुरको एक शिविरमा बिहीबार राति एक सीआरपीएफ जवानले आफ्ना दुई सहकर्मीको हत्या गर्नाका साथै आठ जनालाई घाइते बनाएपछि आत्महत्या गरेको मणिपुर प्रहरीले जनाएको छ।

मणिपुर प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएको हो।

‘दुर्भाग्यपूर्ण घटनामा राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्पभित्र एउटा शंकास्पद घटना भएको छ’, प्रहरीले लेखेको छ।

पोस्टमा अगाडि भनिएको छ, ‘जसमा एक सीआरपीएफ जवानले गोली चलाउँदा उनका दुई सीआरपीएफ सहकर्मीको घटनास्थलमै मृत्यु भयो र अन्य ८ जना घाइते भए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad