ग्लोबल


अमेरिकी विदेश मन्त्रालयले हटायो ‘ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैनौँ’ भन्ने वाक्यांश

चीन क्रुद्ध, ‘गल्ती सच्याउन’ आग्रह
अमेरिकी विदेश मन्त्रालयले हटायो ‘ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैनौँ’ भन्ने वाक्यांश

नेपालखबर
फागुन ५, २०८१ सोमबार १७:३७,

अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैनौँ भन्ने वाक्यांश हटाएपछि चीन क्रुद्ध भएको छ।

मन्त्रालयको ताइवान–अमेरिका सम्बन्धबारेको ‘फ्याक्ट सिट’मा यसअघि ‘हामी ताइवान स्वतन्त्रतालाई समर्थन गर्दैनौँ’ भन्ने वाक्यांश थियो। गतसाता ‘नियमित अपडेट’ भन्दै मन्त्रालयले त्यसलाई हटाएको थियो।

यसबाट क्रुद्ध चीनको विदेश मन्त्रालयले गल्ती सुधार्न अमेरिकालाई आग्रह गरेको छ।

‘यसले पृथकतावादी शक्तिहरूलाई ताइवानको स्वतन्त्रताको वकालत गर्न गलत र गम्भीर सन्देश दिन्छ। त्यस्तै यो चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गर्ने अमेरिकाको गलत नीतिको अर्को एउटा उदाहरण हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कुओ चियाकुनले भने, ‘हामी अमेरिकालाई यो गल्ती तुरुन्त सच्याएर इमानदारीपूर्वक एक चीन सिद्धान्त पालना गर्न आग्रह गर्छौं।’

यद्यपि, अमेरिकाले आफूहरू एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएको छ। 

ताइवानी विदेशमन्त्री लिन चिया लुङले भने आइतबार यसका लागि अमेरिकालाई धन्यवाद दिएका थिए। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad