समाज


बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

नेपालखबर
फागुन ५, २०८१ सोमबार १७:३८, काठमाडौँ

सुनसरीको दुहबीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। दुहबी नगरपालिका-८ हुलास फ्याक्ट्री अगाडि सडकमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले प्र १–०२–०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको हो। 

बसको ठक्करबाट मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका-५ की ५० वर्षीया चिनिमाया बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङहोम अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad