ग्लोबल


विमान पल्टिए पनि सबै ८० जना बाँच्न सफल

विमान पल्टिए पनि सबै ८० जना बाँच्न सफल

क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा पल्टिएको विमान


नेपालखबर
फागुन ६, २०८१ मंगलबार ११:२८, काठमाडौँ

क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्य बाँच्न सफल भएका छन्।

यो जानकारी ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले दिएकी हुन्।

उनले भनिन्, ‘हामी धेरै खुसी छौँ कि कुनै पनि यात्रुको मृत्यु भएन र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य छ।"

आपत्‌कालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन्।

टोरन्टो पियर्सन विमानस्थलले डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै गरेको बताएको छ।

विमानमा ८० जना सवार थिए। तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। जम्मा १८ यात्रुलाई अस्पताल लगिएको छ। 

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार सोमबार दिउँसो २:४५ बजे अवतरणका क्रममा पल्टिएको थियो।

यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad